Indrenionline.com

प्रधानाध्यापकसहित आठ जना शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

इन्द्रेणी संवाददाता
सल्यान, २९ मंसिर । मंसिर ७ गतेदेखि खुलेको सल्यान कपुरकोटको एक सामुदायिक विद्यालय शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि पुष १० गतेसम्म बन्द भएको छ ।

कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबारदेखि पुष १० गतेसम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि कपुरकोट गाउँपालिकासँंगको समन्वयमा विद्यालयको पठनपाठन बन्द गरिएको डाँगीले बताए ।

संक्रमीत ८ शिक्षकमध्य एक जना कोरोना मुक्त भइसकेका छन् भने थप ६ जना शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

विद्यालयले आइतबार एक सूचना प्रकाशित गरी विद्यार्थीमा कोरोना संग मिल्दो जुल्दो कुनै पनि लक्षण देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।