इन्द्रेणी संवाददाता
काठमाडौं, २६ मंसिर । नेपालमा आज थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४६ हजार ६९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६७४ पुगेको छ ।