मोरङ, २६ मंसिर । पाँच लाख दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् । गएको भदौमा मोरङमा धनपालथान गाउँपालिका ५ मा खेतमा मल छरिरहेकी २१ वर्षीया युवतीमाथि बेलबारी नगरपालिका ८ का सुरेशकुमार खवासले बलात्कार गरेर भागेका थिए ।
बलात्कार गरेर फरार रहेका सुरेशकुमार खवास मङ्सिर १९ गते पक्राउ परेपछि घटना मिलापत्र भएको खुलेको प्रहरीले जनाएको छ । मिलापत्र गराएको कागजातसमेत बरामद गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।