Indrenionline.com

आज थप एक हजार ५६ जनामा कोरोना पुष्टि

इन्द्रेणी संवाददाता
काठमाडौं, २४ मंसिर । नेपालमा आज एक हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।

केही दिनदेखि संक्रमित निको हुने दर बढिरहेको छ । कोरोनाबाट निको हुने दर ९४ दशमलव ३२ प्रतिशतमा उक्लेको छ । पछिल्लो २४ चौबीस घण्टामा एक हजार ४८३ जना निको भएका छन् । हालसम्म दुई लाख ३० हजार ५३७ जना निको भइसकेका छन् ।

यस्तै हाल १२ हजार २४५ जनामा सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२५ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट एक हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।