Indrenionline.com

मजदुरी गर्न हिडेका चन्द्रबहादुर बाटोबाटै हराएपछि……..

इन्द्रेणी संवाददाता
सल्यान, २४ मंसिर । सल्यानका एक व्यक्ति मजदुरीका लागि डिडेका बाटोबाटै हराएका छन् । कपुरकोट गाउँपालिका ६ सिनवाङ् छापनेटाका ४२ वर्षिय चन्द्रबहादुर खड्का एक सातादेखि सम्पर्क विहिन भएका हुन् ।

मंसिर १६ गते मजदुरीको लागि भारत जान्छु भनेर हिडेका चन्द्रबहादुर अहिलेसम्म सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनकी श्रीमती रुपि खड्काले अनुरोध गरेकी छिन् ।

उनले हराइरहेका आफ्ना श्रीमानको खोजतलासका लागि इलाका प्रहरी कार्यालय लुहाममा निवेदन समेत दिइसकेको जानकारी बताइन् । दाङ तुलसीपुर स्थित गहतेमा बसोबास गर्दै आएका आफ्ना भाइ पिमलाल महताराको घरमा बास बस्न जाने र त्यहीँबाटै भाइसंँग काम गर्न भारत जाने भनेर घरबाट निस्किएका चन्द्रबहादुुर घरपरिवार र आफन्तीसंँग सम्पर्कमा नआएको परिवारले बताएको छ ।

‘मंसिर १६ गते दिउँसो ३ बजेतिर घरपरिवारको सल्लाह बमोजिम काम गर्न जान्छु भनेर निस्कनुभयो, बेलुकी ५ बजेसम्म त्रिवेणीको टुनिबोट बजारमा छु, अव दाङ जान्छु भनेर फोन गर्नुभएको थियोे’, श्रीमती रुपिले भनिन्, त्यसपछी उहाँ भाइको घरमा पनि पुग्नु भएन, अहिलेसम्म कहाँ हुनुहुन्छ भन्ने बारे केही पनि थाहा छैन ।’

आफन्तीको गाउँ, घर, भारत र जान सक्ने सम्भावित सबै ठाउँमा खोजि गर्दा पनि फेला नपरेको उनको भनाइ छ ।
आफ्नोे श्रीमानलाई कोही कसैले भेटेमा ९८०८१११८३० र ९८६६६०६८३३ मा फोेन गरेर जानकारी गराउन पनि उनले आग्रह गरेकी छिन् ।