Indrenionline.com

कोरोनाबाट थप २० जनाको मृत्यु, निको हुनेको संख्या दुई लाख २७ हजार नाघ्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, २२ मंसिर । नेपालमा आज एक हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ चौबीस घण्टामा एक हजार ६२८ जना निको भएका छन् । हालसम्म दुई लाख २७ हजार ४२२ जना निको भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मर्नेको संख्या एक हजार ६१४ पुगेको छ । हाल १२ हजार ९४८ जना सक्रिय संक्रमित छन् ।