Indrenionline.com

सिमकोट विमानस्थलमा आगलागी

इन्द्रेणी संवाददाता
हुम्ला, १८ मंसिर । हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कार्यालय प्रमुख र कर्मचारी बस्ने घरमा आगलागी भएको हो ।

आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट कार्यालय प्रमुख बस्ने कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दा लागि परेका छन् । अत्याधिक चिसोका कारण पानी जमेपछि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिएका छन्।