तनहुँ, १७ मंसिर । तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् ।
निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो । प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी कार्यालय लगेको बताएको छ ।
नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।