Indrenionline.com

आगो ताप्ने क्रममा जलेर एक बृद्धाको मृत्यु

इन्द्रेणी संवाददाता
अर्घाखाँची, १७ मंसिर । आगो ताप्ने क्रममा जलेर अर्घाखाँचीमा एक जना बृद्धाको ज्यान गएको छ । पाणिनी गाउँपालिका २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामनाराण गुप्ताका अनुसार घरमा एकलै बस्दै आएका नेपाली आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो । घरमा एकलै भएकाले समयमै उद्वार हुन नसक्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।