Indrenionline.com

एकैदिन २१ कोरोना संक्रमितको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, १६ मंसिर । नेपालमा आज मंगलवार एक हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म दुई लाख १६ हजार ५९४ जना सङ्क्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मर्नेको संख्या एक हजार ५२९ पुगेको छ । हाल नेपालमा १६ हजार ६३३ जना सक्रिय संक्रमित छन् ।