इन्द्रेणी संवाददाता
काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको छ । बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
phpto file
अध्यक्ष प्रचण्डले कात्तिक २८ गते प्रस्ताव पेश गरेका थिए भने त्यसको जवाफसहितको प्रस्ताव अध्यक्ष ओलीले मंसिर १३ गते पेश गरेका थिए ।
आजको बैठकमा दुई अध्यक्षले आफ्नो धारणा राखेको र सचिवालयका केही सदस्यहरुले पनि धारणा राखेर सकिएको थियो ।
बैठक भोली बुधवार १ बजे पनः बस्ने छ । मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाइएकाले भोली नै सचिवालय बैठक राखिएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।