रौतहट, १६ मंसिर । आफ्नै छोरीको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता कुमारी साहको हत्या अभियोगमा उनकै आमाबाबु पक्राउ परेका हुन् ।
अनुसन्धानबाट अमृताको हत्यामा उनकै बुबा राम अयोध्या साह र आमा सिता देबीको संलग्नता रहेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले बताए ।
आफ्नै माइतीघरमा आमासँग सुतिरहेको अवस्थामा अमृताको गोली हानी हत्या गरिएको थियो । रौतहटमा आफ्नो इज्जत जोगाउन बुबाले आफ्नै छोरीको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।