इन्द्रेणी संवाददाता
काठमाडौं, १५ मंसिर । नेपालमा आज एक हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९३१ जना निको भएका छन् । हालसम्म दुई लाख १४ हजार ५२१ जना निको भइसकेका छन् । मन्त्रालयले हाल ५३५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।