इन्द्रेणी संवाददाता
देउखुरी, २६ चैत ।
देउखुरीको सिहनियाँ गाविसलाई आगामी एक वर्ष भित्र बालमैत्री गाविस घोषणा गर्न एक वर्षे कार्ययोजना निर्माण गरिएको छ । सिसहनिया गाविस कार्यालयले सरोकारवालाहरु सँगको छलफलमा एक वर्षिय कार्य योजना तयार गरी आउदो वर्ष चैत्र मसान्त भित्र बालमैत्री घोषणा गर्ने तयारी गरेको छ ।

यसैगरी ३९ ओटा सुुचकहरुको स्थिति पत्र तयार पार्ने, बालबालिकाहरुलाई क्षमता विकास तथा प्रतिवेदन लेखन तालिम प्रदान, प्रत्येक बाल विकास केन्द्रहरुलाई शैक्षिक तथा खेलकुुद सामाग्री वितरण गर्ने, अभिभावकहरुलाई गाविस स्तरिय अभिमुखीकरण तालिम प्रदान, बालमैत्री सम्बन्धि भित्तेलेखन तथा वाल पेन्टिङ गर्ने र सुुचकहरुको स्थिति पत्ता लगाउन असार मसान्तमा अनुुगमन तथा अवलोकन गर्ने कार्ययोजनामा उल्लेख छ ।।