इन्द्रेणी संवाददाता
महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १४ को शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ ।
सञ्जयलाई हेलिकप्टरमार्फत र श्यामलाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाण्डौ पठाइएको हो । त्यस्तै त्यही घटनामा घाइते भएका अर्का अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ । भिड नियन्त्रण लिने क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाउँदा उनीहरू घाइते भएको प्रहरीले बताएको छ ।
मंसिर ७ गते ६ वर्षीया बालिका बेपता भएकी थिइन् । सोमबार मध्यरातमा स्थानीय विनोद साहको खाली जग्गामा उनको शव भेटिएको थियो ।