इन्द्रेणी संवाददाता
काठमाडौं, ९ मंसिर । नेपालमा आज मंगलवार एक हजार ७९० जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।