इन्द्रेणी संवाददाता
बैतडी, ९ मंसिर । बैतडीमा ना १ ज २१९६ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको जीप दशरथचन्द नगरपालिका वडा नं. १० बुड्डामा आज दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य चार जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
जीप तीव्र गतिका कारण अनियन्त्रित भएर सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो । जीपका चालक गोपाल सिंह कार्कीको टाउकोमा चोट लाग्दा अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।