इन्द्रेणी संवाददाता
काठमाडौं, ७ मंसिर । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुनेछ। अहिले बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । राति अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।