काठमाडौैं, ३ मंसिर । चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एउटा खोपले मध्य चरणमा सफलता पाएको अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो ।
अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । विकास भइरहेका चार वटा खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इण्डोनेसिया र ब्राजिलमा भइरहेको छ । ती खोप ६० हजारभन्दा धेरै मानिसले लगाइसकेको बीबीसीले जनाएको छ ।