इन्द्रेणी संवाददाता
बाँके, ३ मंसिर । बाँकेमा ६ वर्षदेखि विक्री नहुँदा २०३ मेट्रिक टन प्रशोधित कपास गोदाममा थन्किएको छ । जिल्लाको खजुरा कपास समितिले कृषकबाट खरीद गरी प्रसोधन गरेर विक्रीका लागि तयारी अवस्थामा राखेको करीब ४ करोड मूल्य बराबरको कपास विक्री नभएपछि गोदाममै थन्किएको हो ।
सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको छ ।