इन्द्रेणी संवाददाता
दाङ, २८ कार्तिक । नेपालीको दोस्रो महान चाड तिहारअन्तर्गत आज काग तिहार । आजकै दिन कागको पूजा गरी काग तिहार मनाइँदै छ यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ ।
त्यस्तै कार्तिक २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ भने अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने समितिले जनाएको छ । सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ ।
औंसी तिथिमा गरिने स्नान र दान भने कार्तिक ३० गते बिहान गर्नुपर्नेछ । मंसिर १ गते बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ ।