इन्द्रेणी संवाददाता
काठमाडौं, २५ कार्तिक । नेपालमा आज मंगलवार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या १ हजार १४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् । हाल क्वारेन्टाइनमा १ हजार ५८ जना रहेका छन् भने आईसोलेशनमा ३८ हजार ३५ जना रहेका छन् ।