इन्द्रेणी संवाददाता
बाँके, २५ कार्तिक । दाङका एक जनासहित बाँकेमा चार जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल, शिक्षण अस्पताल र वस्र्टन अस्पतालमा उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।
उनका अनुसार घोराही १५ दाङका पुरुष र बर्दिया राजापुरका एक पुरुषको भेरी अस्पतालमा, बर्दिया ठाकुरद्धाराका २९ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेज र बाँसगढी ८ बर्दियाका ३५ वर्षिय पुरुषको वेस्टर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।