इन्द्रेणी संवाददाता
काठमाडौं, २३ कार्तिक । नेपालमा आज आइतवार २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सक्रमति आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।