काठमाडौं, २३ कार्तिक । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । हालै भएको राष्ट्रपतीय चुवाबबाट उनी डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी भएका हुन् । बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २७३ इलेक्टोरल भोट प्राप्त गरेका छन् । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २१४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।
७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसकेका थिए ।साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसकेका हुन् ।