इन्द्रेणी संवाददाता
काठमाडौं, २१ कार्तिक । नेपालमा आज शुक्रवार २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ३४ हजार नौ सय पाँच जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।