इन्द्रेणी संवाददाता
काठमाडौं, २० कार्तिक । नेपालमा आज विहीबार ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ