काठमाडौं, २० कार्तिक । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको थियोे । यो सन् २०२० को सुरुवातमा भ्रमण वर्षको उत्साहले हौसिएको नेपाली पर्यटन क्षेत्र कोभिड सङ्क्रमणले करिब आधा वर्ष ठप्प भएपछि आएको एउटा सुखद खबर थियो ।
विदेशी पर्यटक स्वागत गर्न नपाएको नेपालका लागि नै त्यो उत्साहपूर्ण खबर थियो । महत्वपूर्ण व्यक्तित्वसहितको टोली भएकाले पनि उक्त आरोहणप्रति आम सर्वसाधारणको समेत चासो बढेको थियो । आरोहण टोलीको हरेक गतिविधि नेपाली सञ्चार माध्यमका लागि नियमित खबर भए । मनास्लु हिमालको सफल आरोहण गरेर पर्वतीय पर्यटनलाई बलियो उत्साह थप्दै बहराइनको टोली कात्तिक ७ गते फर्कियो ।
वरुण सेमा नेपाली र मनास्लुमा बहराइन र बेलायत गरी दुई टोलीलाई आरोहण अनुमति दिएको पर्यटन विभागले त्यसयता थप चारवटा आरोहण अनुमति जारी गरिसकेको छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार कात्तिक १ पछि आमादब्लमका लागि दुई, ग्याल्जेन र हिमलुङ हिमाल आरोहणका लागि एक÷एक टोलीलाई आरोहण अनुमति प्रदान गरिसकिएको छ ।
त्यसमध्ये ग्याल्जेनको आरोहण दल नेपाली हो भने बाँकी तीनवटा विदेशी आरोहण दल हो । विभागले पछिल्लोपटक मात्रै हिमाल आरोहणका लागि ४३ जनाको अन अराइभल भिसा स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको छ । विभिन्न छवटा हिमाल आरोहणका लागि चासो देखाएका विभिन्न देशका नागरिकका लागि विभागलाई सिफारिस गरिएको निर्देशक आचार्यले जानकारी दिए ।
सिफारिस गरिएकामध्ये भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायत देशका नागरिक रहेको विभागले जानकारी दिएको छध्र
महामारीका बीचमा सानो सङ्ख्यामा भए पनि आरोहण अनुमति हुनु सुखद भएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले बताए । अहिले पनि पर्वतारोहणबारे विदेशबाट धेरै चासो आइरहेको छ, उनले भने, “यसले नेपालमा पर्वतारोहण खुला भएको छ भन्ने सन्देश दिएको छध्र”
विभागका निर्देशक आचार्यले पनि अहिले ठूलो सङ्ख्यामा अनुमति नभए पनि यसले वसन्तयामको पर्वतारोहणको आधार तयार गर्नसक्ने बताए । आमादब्लम हिमालको अहिलेको आरोहण अनुमति गत वर्षको तुलनामा ९ प्रतिशत मात्र हो, उनले भने, “यद्यपि यसले अर्को वर्षको पर्वतारोहणका लागि सम्भावना देखाएको छध्र” अध्यक्ष शेर्पा पनि ‘स्प्रिङ सिजन’का लागि यसले हौसला थपेको बताए आजको गोरखापत्रमा खबर छ ।