Indrenionline.com

कोरोनाबाट थप ३० जनाको मृत्यु, ३३०९ नयाँ संक्रमित थपिए

इन्द्रेणी संवाददाता
काठमाडौं १९ कार्तिक। नेपालमा आज बुधवार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना रहेका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ जना पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या १ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।