दाङ २६ चैत
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखी त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ सुरु हुँदैछ । ‘कृषी व्यवसाय एवं पर्यटनमा प्रोत्साहन ः दिगो अर्थतन्त्रका लागि अमुल्य योगदान’ भन्ने मूल नाराका आयोजना गरिएको महोत्सवको एक भव्य कार्यक्रमका साथ उद्घाटन गरिनेछ ।

स्थानीय उत्पादनको बजारीकरण, स्थानिय भाषा, धर्म, साहित्य, कला परम्परागत सीप तथा संस्कृतिको संरक्षण, प्राकृतिक, सांस्कृतिक, धार्मीक पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यवसायीक चेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार गर्ने र करिब १ लाख ५० हजार दर्शकहरुले महोत्सवको अवलोकन गर्ने उद्धेश्य रहेको आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ । त्रिपुर महोत्सवमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । जसका लागी केन्द्रिय कलाकारहरु महोत्सव अवधिभर आउने छन् । यसैगरी महोत्सवमा कुस्ती खेल र प्रत्येक दिन विहान निशुल्क योग शिबिर पनि हुनेछ ।।