काठमाडौं, १६ कार्तिक । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमण बढेसँगै राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य र नैतिक विपत्’ रोक्न बेलायतमा दोस्रो पटक देश व्यापी लकडाउन घोषणा गरेका छन् ।
‘यस वर्षको क्रिसमस निकै फरक हुनेछ, सायद धेरै नै फरक । तर मेरो आशा र विश्वास छ अहिले हामीले लिएको कडा कदमले देशभरका परिवारलाई सँगै हुन दिनेछ,’ लकडाउन घोषणा गर्दै जोनसनले भने ।
लकडाउनले व्यवसायमा पार्ने असर प्रति माफी माग्दै जोनसनले दिनमा नै हजारौँको मृत्यु हुनसक्ने तथ्यांकलाई बेवास्ता गर्ने गैरजिम्मेवार प्रधानमन्त्री आफू बन्न नसक्ने उनको भनाइ छ । यसपटक मृत्युदर गत अप्रिलभन्दा पनि खराब हुनसक्ने प्रक्षेपण गरिएको उनको जानकारी दिए । एजेन्सी