सिरहा, १६ कार्तिक । सिरहामा एक जनाले आफ्नै आमालाई बोक्सीको आरोप लगाएर हत्या गरेका छन् । कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको हो ।
छोराले घाँटी थिचेपछि घाइते भएकी बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएको थियो । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षिक शालिग्राम शर्माले घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने आफ्नै छोरीले आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएका छन् राजधानीमा खबर छ। रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको बताइएको छ ।