इन्द्रेणी संवाददाता
काठमाडौं, १६ कार्तिक । नेपालमा दैनिकजसो कोरोना संक्रमण बढ्दैछ । हाल यहाँ कोरोना संक्रमितको संख्या एक लाख ७० हजार नाघेको छ ।
थपिएका मध्ये काठमाण्डौ उपत्यकाका एक हजार तीन सय ५७ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ । अब नेपालमा ३८ हजार पाँच सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।