इन्द्रेणी संवाददाता
जाजरकोट, १५ कार्तिक । जाजरकोटमा आज विहान भएको ट्रेक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
photo file
सल्यानको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका ६ का लागि छुटेको भे १ त ८३१४ नम्बरको ट्रेक्टर जाजरकोटको छेडागाड नगरपालिका १० को धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका रामबहादुर सिंहको मृत्यु भएको हो ।
सल्ली बजारबाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सडक निर्माणमा डोजरको लागि चाहिने डिजेल बोकेर गएको ट्रेक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सिंह ट्रेक्टरका सहचालक हुन् ।