इन्द्रेणी संवाददाता
म्याग्दी, १४ कार्तिक । म्याग्दीको गलेश्वर बेनी सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने जीप चालकसहित ११ जना घाइते भएका छन् ।
दुर्घटनामा परी अन्नपुर्ण गाउँपालिका २ भूरुङ तातोपानीकी १० वर्षिय रिया बिकको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ११ जना मध्ये रघुगंगा गाउँपालिका ६ का ३० वर्षिय चालक नन्दलाल छन्त्याल, ८ वर्षिय दिक्षा शेरपुजा र बेनी नगरपालिका ८ का ४२ वर्षिय दलप्रसाद गौचनको अवस्था गम्भीर रहेको छ । तीनै जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
घाइतेहरु टकमायाँ बिक, बसन्त छन्त्याल, अप्सरा पाइजा, सिर्जना शेरपुञ्जा, ठककुमारी शेरपुञ्जा, दिवा शेरपुञ्जा, मायाँ छन्त्याल र इच्छा शेरपुञ्जाको भने जिल्लाअस्पताल बेनीमै उपचार भइरहेको छ ।
जीप सडकभन्दा तल कालिगण्डकी किनारमा पुगेको र दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीजनाएको छ ।