Indrenionline.com

कुटपिटबाट एक युवकको ज्यान गयो

इन्द्रेणी संवाददाता
कैलाली, १४ कार्तिक । कैलालीमा कुटपिट गरी युवकको हत्या गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ३ का २२ वर्षका भरत तिमल्सिनाको गएराति हत्या गरिएको हो ।

जानकी गाउँपालिका ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिमल्सिनालाई कुटपिट गरेको आरोपमा ३ जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा मानबहादुर चौधरी, केशव टमटा र समर चौधरी रहेका छन् ।