Indrenionline.com

जिल्ला अस्पताल कालीकोटमा आकस्मिक बाहेक सबै सेवा बन्द

इन्द्रेणी संवाददाता
कालीकोट, १३ कार्तिक । जिल्ला अस्पताल कालीकोटमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएका छन् ।

बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट कालीकोटका ४ स्वास्थ्यकर्मीसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।