बारा, १३ कार्तिक । बाराको सुवर्ण गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बालक घाइते भएका छन् ।
गएराति इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको झण्डै २० क्विन्टल आलु प्याज जिल्ला प्रहरी कार्यालय कलैया लैजाने क्रममा झडप भएको हो । प्रहरीको गाडीमा लोड गरिएको सामान स्थानीयले निकाल्न खोजेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो ।