इन्द्रेणी संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ९रअ०का प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गरे लगतै भारतीय सेना प्रमुख नेपाल आउदैछन् ।
परराष्ट्र मन्त्रालयलाई समेत पत्तो नदिई भारतीय गुप्तचर प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्री सँग गोप्य भेट गरेको सर्बत्र आलोचना भइरहेका बेला भारतीय सेना प्रमुख नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ ।
रअ प्रमुख फर्के लगतै भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे कात्तिक १९ देखि तीन दिन नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।
नेपाली सेनाले मंगलबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नरभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्ने कार्यक्रम छ ।
