Indrenionline.com

भोलीदेखि नेपालमा विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने

इन्द्रेणी संवाददाता
काठमाडौं, ६ कार्तिक। भोलीदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताएका छन् । शुक्रवारबाट अनिवार्य रुपमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने उनले बताए ।

कार्तिक ४ गते गतेको मन्त्रिपरिषदको निर्णय बिहीवार सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेबाट नेपालमा विज्ञापनरहित विदेशी टिभी च्यानलमात्र प्रसारण गर्न पाइने बताएका हुन्।

विसं २०७६ कात्तिक ८ गते देखि लागू भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ । कार्तिक ८ गतेदेखि प्रसारण संस्थाले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गरे र नगरेको सम्बन्धमा निरन्तर अनुगमन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्ष अर्थात् विसं २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ । कटेर गरेर विज्ञापन बजाइएको पाइएमा त्यस्ता च्यानललाई बन्द गरिने पनि उनले बताए ।