Indrenionline.com

काठमाडौं उपत्यका, एकैदिन ३१०७ जनामा संक्रमण

इन्द्रेणी संवाददाता
काठमाडौं, ५ कार्तिक । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यका कोरोना संक्रमणको हट स्पट बन्दै गएको छ । दैनिकजसो एक हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिने गरेका छन् ।

आज बुधवार मात्रै काठमाडौं उपत्याकामा ३१०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार ३९१ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो समयमा देशभरीमा देखिने संक्रमितको करीव ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाकै हुने गरेको मन्त्रालयले जनाएको छ ।