Indrenionline.com

अहिलेसम्मकै बढी थप ५७४३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, ५ कार्तिक । नेपालमा आज बुधवार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा बुधवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ जना रहेका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५जना पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ७९१ पुगेको छ ।