Indrenionline.com

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुईको मृत्यु

बुटवल, ५ कार्तिक । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर र बुटवल १७ मोतीपुरका रहेको बताइएको छ ।

असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी असोज २७ गते कोरोना पुष्टि भएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु हो । अस्पतालका अनुसार उनी उच्च रक्तचापका विरामी पनि हुन् । अहिलेसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।