इन्द्रेणी संवाददाता
काठमाडौं, ४ कार्तिक । नेपालमा आज मंगलवार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् । वितेको २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४१ हजार ७५५ जना रहेका छन् । नेपालमा मंगलवारसम्ममा सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ हजार ७०२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।