इन्द्रेणी संवाददाता
दाङ, ४ कार्तिक । संघीय सरकारले कोरोनाको उपचार स्वयम व्यक्तिले नै गर्नुपर्ने निर्णय गरेको वेला लुम्बिनी प्रदेशमा भने कोरोनाका विरामीहरुको निःशूल्क हुने मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन् ।
मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जाल फेसवुकमार्फत प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका छन् ।