Indrenionline.com

बस दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

इन्द्रेणी संवाददाता
दाङ, ४ कार्तिक । प्युठानबाट दाङतर्फ आउँदै गरेको ना ४ घ ५५६१ नम्बरको बस दुर्घटना हुँदा वस चालकको ज्यान गएको छ । आज हिावन प्यूठानको माण्डवी गाउँपालिका दुर्घटना हुँदा बस चालक तारा रानाको ज्यान गएको हो ।

दुर्घटनामा परी प्युठानको माण्डवी गाउँपालिका २ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बस सडकबाट करीब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।