Indrenionline.com

कोरोना बिमा रकम भुक्तानीमा अझै सकस

काठमाडौं, ४ कार्तिक । कोभिड–१९ संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि बिमितले तत्काल यो सुविधा नपाउने भएका छन् । बिमा कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा यस्तो अवस्था आएको हो ।

संक्रमितले सुरुमा आफ्नै खर्चबाट उपचार गराउनुपर्नेछ । त्यसपछि मात्र कम्पनीबाट शोधभर्ना पाइने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘सुरुमा बिमितले आफ्नै खर्चमा उपचार गर्नुपर्छ,’ उनले भने, ‘सबै कागजात पुर्‍याएर आएपछि बिमा कम्पनीबाट दाबी भुक्तानी पाइन्छ ।’

आइतबारदेखि सर्वसाधारणको उपचार खर्च बिरामी आफैंले बेहोर्नुपर्ने निर्णय सरकारले गरेको छ आजको कान्तिपुरमा खबर छ। यो निर्णयपछि अस्पतालहरूले बिरामीबाट उपचार शुल्क लिन थालेका छन् । बिमा कम्पनीबाट तत्काल दाबी भुक्तानी नपाउने भएपछि बिमित मर्कामा परेका छन् ।