Indrenionline.com

आज थप ३७९० जनामा कोरोना संक्रमण, थप १८ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, ३ कार्तिक । नेपालमा आज सोमवार थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ जना रहेको छ । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ जना पुगेको छ। सोमवार मात्रै २ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ७५७ पुगेको छ । हाल क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् । आईसोलेशनमा ४० हजार ७७८ जना रहेका छन् ।