Indrenionline.com

जनार्दन शर्माद्धारा दशैँ भत्ता घाइते पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने घोषणा

इन्द्रेणी संवाददाता
काठमाडौं, २ कार्तिक । कोरोना महामारीको अवस्थामा पनि सरकारले संसद र केही कर्मचारीहरुलाई दशैं भत्ता बाँडेकोमा आलोचना भइरहेको वेला नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा “प्रभाकर” ले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने जानकारी दिएका छन् ।

शर्माले टुवीट गर्दै भनेका छन्, “कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्बजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।”