इन्द्रेणी संवाददाता
काठमाडौं, ३० असोज । नेपालमा आज शुक्रवार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् भने निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ। हाल क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन् । शुक्रवार मात्रै ३ हजार ५२२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।